काठमाडौं – ९ जेठ । वर्तमान अवश्थामा पश्चिमी तथा स्थानिय वायुको सामान्य प्रभाव रहेको कारणले नेपालको पूर्विय क्षेत्रमा आज मौसम बदली भई कोशी प्रदेश तथा देशको पहाडी भू–भागमा मौसम बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने प्रक्षेपण मौसम बिज्ञान बिभागले गरेको छ ।
आज कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थानहरुमा चट्याङ तथा मेघ गर्जन सहित हल्का देखी मध्यम वर्षा तथा मधेसका केही भागमा हावाहुरी समेतको सम्भावना रहेको छ । राती कोशी, गण्डकी तथा कर्णली प्रदेशका केही भागहरुमा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कमेन्ट गर्नुहोस्







