धितोपत्र संग अर्थ समितीले माग्यो ब्रोकर लाईसेन्स सम्बन्धी कागजात

Share:

काठमाडौं, ९ जेठ । धितोपत्र बोर्डले सात नयाँ ब्रोकर लाईसेन्स जारी गरेको दिन नै अर्थ समितीले सो संग सम्बन्धित कागजात पेश गर्न धितोपत्र बोर्डलाई निर्देश गरेको छ ।
गत जेठ २ गते बसेको समितीको बैठकले शेयर ब्रोकर र नयाँ स्टक एक्सचेन्जको ईजाजत सम्बन्धी काम कार्वाहीको विषयमा धितोपत्र बोर्ड र अर्थ मन्त्रालय संग जानकारी लिने निर्णय गरेको आधारमा सोमबार समितीको सचिवालयले पाँच दिन भित्र कागजात पेश गर्न पत्र लेखेको हो ।

कमेन्ट गर्नुहोस्