एकल बिन्दुमा ब्याजदर कायम गर्न सकिने अवस्था छैन : सुनिल केसी

182
0
Share:

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले एकल बिन्दुमा ब्याजदर कायम गर्न नसकिने बताएका छन् । संघले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष केसीले संसारभर ब्याजदर बढिरहेकोले नेपालमा पनि त्यसको प्रभाव परेको बताएका हुन्।

उनले बजारमा एकल बिन्दुमा ब्याजदर कायम हुनुपर्छ भन्ने माग रहेको तर, एकै पटक ब्याजदर घटाउन सक्ने अवस्था रहेको बताएका हुन् ।

बैंक वित्तीय संस्थामा खाता खोलेका ४ करोड खातावालालाई संरक्षण दिन खोज्दा बैंक बित्तीय संस्थाबाट ऋृण लिएका १८ लाख ऋणीले दबाब सिर्जना गरेको केसीको भनाइ छ ।

उनले अहिले नेपालमा मात्र नभएर भारत लगायत विश्वका अन्य देशमा पनि ब्याजदर बढेको बताए ।

केसीले पछिल्लो समय अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिएपनि अझै अर्थतन्त्र पुरै लयमा नभएको बताए ।

कमेन्ट गर्नुहोस्