
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० (२०२२/२३) को दोस्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको छ ।
यस सर्वेक्षण २०७९ पौष २४ देखि पौष ३० (जनवरी ०८ देखि १४ जनवरी, २०२३) सम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्तामार्फत सम्पन्न गरिएको थियो । प्रस्तुत परिणामहरू २ हजार १० जना उत्तरदाताहरुसँग गरिएको सर्वेक्षणमा आधारित रहेको राष्ट्र बैंकले जनाएको छ ।
सर्वेक्षणमा सहभागी ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी,९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्।
अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ ।
खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबकोतीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको छ ।
गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ ।
खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यू; पेय पद्घार्थ तथा सूर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ ।
तीन महिनापछि र एक वर्ष पछिको मध्यक ९ःभमष्बल० अपेक्षित मुद्रास्फीति २०७९ असोजकोतुलनामा समान रहेको छ भने तीन महिना पछिको औसत (Median) र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ ।








