सेयर बजारमा झिनो अंकको वृद्धि

212
0
Share:

साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक २.१६ अंकले बढेर १९६३.२२ बिन्दुमा उक्लिएको छ ।

यस दिन सेन्सेटिभ परिसूचक पनि १.१७ अंकले बढेर ३८४.८३ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर १ अर्ब ५६ करोड १७ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा यस दिन नबिल बैंक अब्बल देखिएको छ । यस कम्पनीले १९ करोड ९० लाख रुपैयाँभन्दा माथिको कारोबार गर्न सफल भएको छ ।

आइतबार धौलागिरी लघुवित्तको सेयरमूल्य सर्वाधिक बढेको । यस संस्थाको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३२१ रुपैयाँ पुगेको छ ।

यस दिन ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आज डिप्रोक्स लघुवित्तको सेयार्मुल्या सर्वाधिक ६.२१ प्रतिशतले बढेको छ ।

कमेन्ट गर्नुहोस्