नेशनल लाइफको लाभांश साधारणसभाबाट पारित

271
0
Share:

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष पे्रमा सिंहको अध्यक्षतामा आज कम्पनीकै केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो ।

कम्पनीको साधारणसभाले लाभांश बापत आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बोनस सेयरका लागि कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश समेत पारित गरेको छ ।

नियामक निकायले यहि २०७९ साल चैत्र मसान्त सम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अरब पुर्‍याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको पारित भएको वोनस शेयर लाभांशवाट कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँ पुगेको छ र वाँकी रहने चुक्ता पूँजी आगामी दिनमा तोकिएको समय भित्र सहज रुपमा पुग्ने स्थिति छ ।

आ.व.२०७७÷०७८ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले बृद्धि भई रु.१,२५२.४६ करोड पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई रु.४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई रु.३,९२४.७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आ।व.२०७७÷०७८ मा ९.६७ प्रतिशत कायम रहेको छ ।

कमेन्ट गर्नुहोस्