नबिल बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको सर्वाधिक कारोबार

211
0
Share:

साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक २.१६ अंकले बढेर १९६३.२२ बिन्दुमा उक्लिएको छ ।

यसदिन ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १.८२ अंकले बढेर ३८३.६६ बिन्दुमा  कायम भएको छ ।

आज शेयरबजारमा एक अर्ब ५६ करोडमाथिको कारोबार भएको छ । नबिल बैंकको सर्वाधिक १९ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेष्डो समृद्ध लघु्वित्त, फरवार्ड माइक्रोफाइनान्स, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट्स, हिमाल दोलखा हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नेपाल टेलिकम र एनआईसी एसिया बैंक सर्वाधिक कारोबार भएको छ।

कमेन्ट गर्नुहोस्