आइतबार हिमालयन डिस्टिलरीसहित यी १० कम्पनीको सर्वाधिक कारोबार

217
0
Share:

साताको पहिलो कारोबार दिन सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । गत साता ३.२८ अंक घटेर १९३३.५५ बिन्दुमा रोकिएको नेप्से आइतबार ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर २३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर किनबेच भयो । यस कराबर रमक पनि २ अर्बभन्दा माथि उक्लिएको छ । आइतबार २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ । आज हिमालयन डिष्टिलरीको सर्वाधिक ४५ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंक, नेपाल टेलिकम, शिवम् सिमेन्ट्स, नेष्डो समृद्ध लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्