
साताको पहिलो कारोबार दिन सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । गत साता ३.२८ अंक घटेर १९३३.५५ बिन्दुमा रोकिएको नेप्से आइतबार ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा उक्लिएको छ ।
यस दिन सेन्सेटिभ परिसूचक पनि ५.३४ अंकले घटेर ३८६.२६ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर किनबेच भयो । यस कराबर रमक पनि २ अर्बभन्दा माथि उक्लिएको छ । आइतबार २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा यस दिन शुक्रबार मात्र बम्पर लाभांश घोषणा गरेको हिमालयन डिस्टिलरी लिमिटेड अब्बल देखिएको छ । यस कम्पनीले ४५ करोड ४ लाख रुपैयाँभन्दा माथिको कारोबार गर्न सफल भएको छ ।
यस दिन १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको मात्र सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आज डिप्रोक्स लघुवित्तको सेयार्मुल्या सर्वाधिक ६.२१ प्रतिशतले बढेको छ ।








