
साताको पहिलो कारोबार दिन सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । आइतबार ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा उक्लिएको छ । आइतबार २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।
आज अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा डिप्रोक्स लघुवित्तका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । यस लघुवित्तको सेयरमूल्य ६.२१ प्रतिशतले बढेर ९७४ रुपैयाँ पुगेको छ । त्यसैगरी जीवन विकास लघुवित्तको सेयरमूल्य २८२० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कुमारी बैंक, ग्रिन लाइफ हाईड्रोपावर, नेष्डो, सिईबिडि हाईड्रोपावर, धौलागिरि लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, पञ्चकन्या माई र श्वेत गंगाको शेयरमा सुधार देखिएको छ।
कमेन्ट गर्नुहोस्








