
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८८ लाख ८२ हजार खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा १० दशमलव ८६ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ९९ लाख ६४ हजार खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी १८ दशमलव २१ प्रतिशत बढी भएको छ । गत वर्ष ३ करोड २४ लाखभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष ३ करोड ८३ लाखभन्दा बढी यो आम्दानी गरेको हो ।
विद्युत विक्री आम्दानी बढेपनि वित्तीय खर्च बढ्दा कम्पनीको खुद नाफा घटेको हो । गत वर्ष ४० लाख ३४ हजार वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ५० लाख ९६ हजार वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २६ करोड ७९ लाख ७ हजार रहेको कम्पनीको रिटेन्ड अर्निग १ करोड ७१ लाखभन्दा बढी रहेको छ ।
कुल चालू सम्पत्ति २४ करोड ५५ लाखभन्दा बढी रहेको कम्पनीको कुल चालू दायित्व २० करोड ९९ लाखभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी १६ दशमलव ९२ रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ दशमलव ३९ रहेको छ ।








