चितवन–१ मा घण्टीको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

213
0
Share:

चितवन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै उनले सुरुदेखि नै अग्रता लिइरहेका छन् ।

रास्वपाका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन् । पौडेल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।यस्तै नेकपा ए

मालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा चितवन–१ बाट एमालेका पाण्डे निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्