बरुण हाइड्रोको अवितरित हकप्रद सेयर बाँडफाँट , कट अफ प्राइस कति ?

252
0
Share:

बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले विक्री गरेको अवितरित हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि २१ गतेसम्म ३ लाख ५५ हजार ६० कित्ता हकप्रद सेयर लिलामी प्रक्रियाबाट बिक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूको बोलपत्र कात्तिक २८ गते खोलि कात्तिक २९ गते बाँडफाँट गरिएको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ । उक्त सेयर बाँडफाँटको अन्तिम मूल्य प्रतिकित्ता १९१ रुपैयाँ ३४ पैसा रहेको बिक्री प्रबन्धकले जनाएको छ ।

यो मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको छ । यो बाँडफाँटमा नपरेको सेयर वापतको रकम मंसिर २ गते शुक्रवारदेखि फिर्ता भुक्तानी गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ ।

कमेन्ट गर्नुहोस्