
युएईले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई १ सय ७७ रनको लक्ष्य दिएको । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो ।
युएईका लागि आयन अफजल खानले ५४ रनको अर्धशतकीय इनिङ खेले । हजरत बिलालले अविजित २० रन बनाए । मात्र ९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि उत्कृष्ट साझेदारी गरे।
यस्तै अलिशन शराफुले सर्वाधिक ३३ रन बनाए । रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।
आज दुबै टिम जित निकाल्दै सिरिज जित्ने योजनामा रहेका छन् । नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ । अहिले तीन खेलको सिरिज १/१ को बराबरीमा रहेको छ ।
सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।








