
नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ
कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १०:५ अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्काशन गर्नका
गर्नका लागि सेबोनमा कात्तिक २२ गते निवेदन दिएको हो ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी २ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी पुग्नेछ ।
कमेन्ट गर्नुहोस्








