नेप्से उच्च अंकले घट्दा पनि यी कम्पनीको सेयरमूल्य बढ्यो

196
0
Share:

साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । यस दिन सेयर बजार २ प्रतिशतले घटेको छ ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको छ । यस दिन एक अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँको किनबेच भएको छ ।

बजारमा उच्च गिरावट आउँदा पनि आज  अपर हावाखोलाको सेयरमा सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयर ७.४२ अंकले बढेको छ ।

त्यस्तै, नबिल ब्यालेन्स फण्ड ३, एनसीसी डिभेञ्चर, मेगा म्युचुअल फण्ड १, एनआईसी एशिया ब्यालेन्स फण्ड, नबिल ब्यालेन्स फण्ड २, सिद्धार्थ इक्विटी फण्ड, विन नेपाल, माउन्टेन इनर्जी र सनराइज ब्लु चिप फण्डको सेयर मूल्य बढेको छ।

कमेन्ट गर्नुहोस्