आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

193
0
Share:

साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । यस दिन सेयर बजार २ प्रतिशतले घटेको छ ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको छ । यस दिन एक अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँको किनबेच भएको छ ।

बजार उच्च अंकले घट्दा  एक्सल डेभलपमेन्ट लगानीकर्ताल सबैभन्दा धेरै गुमाएका छन् । बैंकको सेयर ७.९५ प्रतिशतले घटेको छ ।

त्यस्तै, गुराँस लघुवित्त, उपकार लघुवित्त, प्रोगेशिभ फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, वेष्ट फाइनान्स, नेपाल फाइनान्स, हिमालयन पावर पार्टनर, मल्टिप्रपोज फाइनान्स र घलेम्दी हाईड्रोपावरको सेयर ओरालो लागेको छ ।

कमेन्ट गर्नुहोस्