नेष्डो समृद्ध लघुवित्तसहित यी १० कम्पनीमा लगानीकर्ता आकर्षित

174
0
Share:

साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । यस दिन सेयर बजार २ प्रतिशतले घटेको छ ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको छ ।

यस दिन एक अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँको किनबेच भएको छ ।

कारोबारमा भने नेष्डो समृद्ध लघुवित्त अब्बल देखिएको छ । कम्पनीले ६ करोड ७८ लाख २७ रुपैयाँभन्दा धेरै रुपैयाँको कारोबार गरी सर्वाधिक कारोबार गर्ने कम्पनीको शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी, शिवम् सिमेन्टले ६ करोड ८ लाख ४९ हजार रुपैयाँको सेयर कारोबार गरी सर्वाधिक कारोबार गर्नेको दोस्रो नम्बरमा रहेको छ ।

त्यस्तै हिमालयन डिस्टिलरी र नेपाल पुनर्बीमा कम्पनीले पनि ५ करोड रुपैयाँभन्दा माथिको कारोबार गरेको छ ।

रिडी हाइड्रोपावर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमाल दोलखा हाइड्रोपावर र गोर्खाज फाइनान्सको पनि आज सर्वाधिक कारोबार भएको छ ।

सर्वाधिक सेयर किनबेच भने हिमाल दोलखा हाइड्रोपावरको भएको छ । बुधबार कम्पनीको २ लाख एक हजार ९२४ कित्ता सेयर किनबेच भएको छ ।

कमेन्ट गर्नुहोस्