उठाउने होइन त सस्तोमा सेयर ? यी बैंकका सेयर मूल्य ३०० रुपैयाँभन्दा तल

170
0
Share:

पछिल्लो समय नेपाली सेयर बजार घट्दो ट्रेन्डमा छ । निरन्तर बजार घटिरहेको अहिलेको अवस्थामा अधिकांश कम्पनीको सेयरमूल्य पनि धेरै नै घटिसकेको छ ।

कुनै बेला ३२ सयको बिन्दु चुमेर ऐतिहासिक रेकर्ड राखेको सेयर बजार अहिले १८-१९ सयको बीचमा छ ।

बजार निरन्तर आरालो लाग्दा लगानीकर्ताहरु निराश बनेका छन् ।

बजार घटेको बेला धेरै कम्पनीको सेयर मूल्य औसतभन्दा तल झरेको छ । आज हामी तपाईंलाई ३ सयभन्दा तल सेयर मूल्य भएका वाणिज्य बैंक र विकास बैंकहरुको बारेमा जानकारी गराउँदै छौँ । जसमा पनि अधिकांश वाणिज्य बैंकहरुको सेयर मूल्य अत्यन्तै कम रहेको छ ।

अहिले राम्रा कम्पनीको सेयर मूल्यहरु पनि अत्यन्तै न्यून रहेको अवस्थामा उचित प्रतिफल दिने कम्पनी छानेर लगानी गर्न सके भविष्यमा राम्रो नाफा कमाउन सकिन्छ ।

यी हुन् ३०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका वाणिज्य बैंक     

नेपाल बैंक लिमिटेड – २७३ रुपैयाँ

नेपाल एसबिआई बैंक – २७३ रुपैयाँ

सानिमा बैंक – २५२ रुपैयाँ

एनएमबी बैंक – २३५ रुपैयाँ

माछापुच्छ्रे बैंक – २२३ रुपैयाँ

प्राइम कमर्सियल बैंक – २२१.५० रुपैयाँ

प्रभु बैंक -२०७ रुपैयाँ

सनराइज बैंक लिमिटेड – २०४ रुपैयाँ

लक्ष्मी बैंक लिमिटेड १९८ रुपैयाँ

सेञ्चुरी कमर्सियल बैंक- १८७.५० रुपैयाँ

यी हुन् ३०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका  विकास बैंक

ज्योति विकास बैंक – २७१ रुपैयाँ

सिन्धु विकास बैंक – २६२.९० रुपैयाँ

कर्पोरेट डेभलपमेन्ट बैंक – २५९ रुपैयाँ

ग्रीन डेभलपमेन्ट बैंक – २३०.१० रुपैयाँ

कर्णाली डेभलपमेन्ट बैंक – २२० रुपैयाँ

सप्तकोशी डेभलपमेन्ट बैंक – २१६ रुपैयाँ

सांग्रिला डेभलपमेन्ट बैंक- १८७.५० रुपैयाँ

पूर्वाधार विकास बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) -१८६.९०

माथि उल्लेखित सेयर मूल्य सोमबार कायम भएको अन्तिम कारोबार मूल्य हो । यी मध्ये राम्रो प्रतिफल दिने कम्पनी छानेर लगानी गरेमा निकटतम भविष्यमा राम्रो मुनाफा आर्जन गर्न सकिन्छ ।

(नोट: तपाईंले लगानी गर्दा जहिले पनि आफ्नो स्वविवेकलाई प्रयोग गरेर मात्र गर्नुहोला ।)

कमेन्ट गर्नुहोस्