
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनावपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने दाबी गरेका छन् ।
मंगलबार लतिलपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्र्दै दाहालले चार दलीय गठबन्धन चुनावसम्मका लागि मात्रै नभइ त्यसपछिको सरकारको निरन्तरताका लागि पनि भएको उल्लेख गरे ।
एमाले नेतृत्वको राप्रपा, जसपासहितको गठबन्धन पवित्र र संविधान विरोधी भएको आरोप दाहालले लगाए । उनले राजावादी लाइन बाक्ने राप्रपाप्रति संकेत गर्दै एमाले नेतृत्वको गठबन्धनमा भएका अनुहार हेर्दा धेरै कुरा बुझ्न सकिने भन्दै कटाक्ष गरे ।
उनले शान्ति सम्झौतासँगै दलहरुको सहकार्य सुरु भएको उल्लेख गर्दै २०४६ सालको जनआन्दोलनलाई स्मरण गरे । उनले विस्तृत शान्ति सम्झौता गर्दा माधव नेपाल र शेरबहादुर देउवाको पनि भूमिका रहेको उल्लेख गर्दै गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेर एक अर्काको चिन्हमा मत हालिसकेको दोहोर्याए ।








