२४ घण्टामा ४६ जना कोरोना संक्रमित थपिए, १७ जना निको

225
0
Share:

पछिल्लो २४ घण्टामा ४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय १० जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।

८३५ जनामा गरिएको पीसीआर परीक्षणमा ४२ जना र ६७५ जनामा गरिएको एन्टीजेन परीक्षणमा चार जनामा संक्रमण देखिएको छ । सो समयवधिमा १७ जना कोरोनामुक्त भएका छन् ।

योसँगै मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७३६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्