अष्ट्रेलियाले इजरायललाई दियो ठूलो झट्का: उल्ट्यो ४ वर्ष पुरानो निर्णय

153
0
Share:

अस्ट्रेलियाले पश्चिम जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने चार वर्ष पुरानो निर्णयलाई उल्टाएको छ । अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले सन् २०१८ मा जुन निर्णय गरेको थियो त्यसमा विश्व शान्तिलाई बेवास्ता गरिएको थियो र यो निर्णयले अष्ट्रेलियालाई अन्य देशबाट अलग्याएको बताए ।

उनले इजरायलसँग अष्ट्रेलियाको मैत्रीपूर्ण सम्बन्ध कायमै रहने तर दूतावास तेल अभिभमा रहने बताए । जेरुसेलमलाई लिएर इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि विवाद चलिरहेको छ । इजरायलको विदेश मन्त्रालयले अष्ट्रेलियाको कदमप्रति ‘घोर निराशा’ व्यक्त गरेको छ । इजरायलले यस विषयमा अष्ट्रेलियाका राजदूतलाई बोलाएर चिन्ता व्यक्त गर्ने इजरायली मिडियाले जनाएको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा आलोचनाको सामना गर्नु परेको थियो जब उनले जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने घोषणा गरे, अमेरिकी विदेश नीतिको विपरीत । यसपछि मे २०१८ मा अमेरिकी दूतावास तेल अभिभबाट जेरुसेलम सारिएको थियो ।

त्यसको केही महिनापछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि अमेरिकाको बाटो पछ्याउने घोषणा गरे तर भनेका थिए, ‘अहिलेका लागि दूतावास तेल अभिभबाट जेरुसेलम लगिने छैन ।’

कमेन्ट गर्नुहोस्