उत्तराखण्डस्थित केदारनाथमा हेलिकाेप्टर दुर्घटना: सात जनाकाे मृत्यु

171
0
Share:

भारतको उत्तराखण्डस्थित केदारनाथ नजिक दर्शनार्थी बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित सात जनाको मृत्यु भएको छ ।  भारतीय सञ्चारमाध्यमहरूका अनुसार केदारनाथबाट दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा हेलिकोप्टर दुर्घटना भएको हो ।

उत्तराखण्डका मुख्यमन्त्रीका प्रमुख सचिव अभिनव कुमारले  हेलिकोप्टर दुर्घटनामा दुई पाइलटसहित सात जनाको मृत्यु भएको पुष्टि गरेका समाचारमा जनाइएको छ ।

खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । अहिले उद्धारको काम भइरहेको छ ।

कमेन्ट गर्नुहोस्