अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्याे

165
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/kachatel-1-768×518.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/kachatel-1.jpg 823w” sizes=”(max-width: 445px) 100vw, 445px” />

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। योसँगै कच्चा तेलको मूल्य ७ महिनायताकै न्यून विन्दुमा पुगेको छ।

यसअघि ओपेक प्लस देशहरुले कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेका थिए। यति हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा दबाब छ र यो तल्लो तहमा छ।

आज सोमबार कच्चा तेल डब्ल्यूटीआई लगभग १.५ प्रतिशतले घटेर ८५.४९ डलर प्रतिब्यारेलमा झरेको छ। यो तेलको मूल्यमा ठूलो गिरावट हो।

चीनका धेरै ठाउँमा लकडाउन लगाइएको छ। यसले विश्वको सबैभन्दा ठूलो तेल आयात गर्ने देशको तेलको मागमा पनि असर गरेको छ।

अर्कोतर्फ ब्रेन्ट आयल प्रतिब्यारल १.३५ प्रतिशतले घटेर ९१.५९ डलरमा कारोबार भइरहेको छ।  एजेन्सी

कमेन्ट गर्नुहोस्