
त्यस्तै, आँप प्रतिकिलो २६५ रुपैयाँ, एभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६४ रुपैयाँ २० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।
यस्तै, स्थानीय काउली प्रतिकिलो ६८ रुपैयाँ, लोकल काक्रँे ७६ रुपैयाँ, कागती २०४ रुपैयाँ, कुरिलो ५५० रुपैयाँ र अकबरे खुर्सानी १८३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
समितिका अनुसार तराई गाजर प्रतिकिलो ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, र गान्टे मूलाको ९५ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, गुन्द्रुक प्रतिकिलो २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५७ रुपैयाँ ५० पैसा र टनेल गोलभेडा ४१ रुपैयाँ २० पैसा कायम गरिएको छ ।
त्यस्तै, राजमा घिउ सिमी प्रतिकिलो १२५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, झिगूनी ४५ रुपैयाँ, छडी माछा २३५ रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ र तामा ११६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । यसैगरी तितो करेला प्रतिकिलो २३ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ र न्यूरो ११६ रुपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ ।

arthasanjal.com/wp-content/uploads/2022/07/tarkari-1-768×471.jpg 768w, 






