घट्यो सिद्धार्थ इन्सुरेन्सको खुद नाफा 

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/siddartha-insurance-1024×698.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/siddartha-insurance-768×524.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/siddartha-insurance.webp 1100w” sizes=”(max-width: 440px) 100vw, 440px” />
सिद्धार्थ इन्सुरेन्सको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सिद्धार्थको खुद नाफा ८.३२% ले घटेर ३२ करोड १० लाख ७१ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसै अवधिमा ३५ करोड १ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सिद्धार्थको खुद बीमा शुल्क आर्जन १४% ले बढेर १ अर्ब ५ करोड ६२ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

लगानी, कर्जा तथा अन्य आम्दानी ११.५९% ले घटेपछि कम्पनीको खुद नाफा प्रभावित भएको छ । बीमा कोषको आकार १५.९३% ले बढेर १ अर्ब १६ करोड ८३ लाख १६ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषको आकार भने ९.३७% ले घटेर ३१ करोड २६ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ११ पैसा छ । हाल यो कम्पनी प्रिमियर इन्सुरेन्ससँग मर्जर प्रक्रियामा छ ।

कमेन्ट गर्नुहोस्