
काठमाडौंबाट काँकडभित्ता गइरहेको बस धनुषामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले गणेशमान चारनाथ नगरपालिका–१ स्थित लोकमार्गमा बस पल्टिँदा पाँच जना गम्भीर घाइते हुनुका साथै अन्य १५ जनालाई सामान्य चोटपटक लागेको जानकारी दिए ।
गम्भीर घाइते भएकाहरूलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको र सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्









