पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुद्वारा आयल निगम घेराउ

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/g-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/g-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/g-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/g.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम घेराउ गरेको छ ।

अन्तर्रास्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले टेकुस्थित आयल निगमको कार्यालयअघि विरोध प्रदर्शन गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा ३० डलर मूल्य घट्दा पनि आयल निगमले अहिलेसम्म मूल्य समायोजन गरेको छैन । इन्डियन आयल कर्पोरेसनले पेट्रोलमा एक महिनाभित्र प्रतिलिटर २८ रुपैयाँ घटेको सूची पठाइसकेको छ । तर, भारतमा मूल्य बढ्दा नेपालमा बढाउने आयल निगमले अहिलेसम्म मूल्य समायोजन नगरेपछि आमउपभोक्ता आन्दोलित भएका छन् ।

कमेन्ट गर्नुहोस्