बैतडीका ७५० उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएनन् 

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/nirwachan-office-baitadi.jpg-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/nirwachan-office-baitadi.jpg-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/nirwachan-office-baitadi.jpg.jpg 1050w” sizes=”(max-width: 500px) 100vw, 500px” />
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका बैतडीका ७५० व्यक्तिहरूले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् ।

निर्वाचनमा भाग लिएका एक हजार ४७६ उम्मेदवारमध्ये २८४ जनाको धरौटी जफत भए पनि एक हजार १९२ जनाले विवरण बुझाउनु पर्नेमा ४४२ जनाले मात्रै विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवार भएका व्यक्तिले खर्चको विवरण बुझाउनुपर्ने भए पनि ७५० जनाले नबुझाएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीले जानकारी दिए ।

सबै उम्मेदवारहरूलाई स्थानीय तहमार्फत निर्वाचन खर्च विवरण बुुझाउन ताकेता गर्दा नबुझाएपछि प्राप्त विवरण निर्वाचन आयोगमा पठाइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

विवरण नबुझाउने उम्मेदवारको नामावली आयोगमा पठाइएकोले आयोगको निर्देशनअनुसार कारबाही हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । बैतडीमा ४ नगरपालिका तथा ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् ।

निर्वाचन आयोगले नगरपालिकाका प्रमुख/उपप्रमुखले चार लाख ५० हजार र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले तीन लाख ५० हजार खर्च गर्न पाउने गरी खर्च सीमा तोकेको थियो ।

त्यसैगरी, नगरपालिकाका वडा अध्यक्ष र सदस्यको उम्मेदवारले बढीमा दुई लाख रुपैयाँ खर्च गर्न पाउने र गाउँपालिकाका वडा अध्यक्ष र सदस्यको उम्मेदवारले बढीमा एक लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।

कमेन्ट गर्नुहोस्