
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरीले नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापामाथि कटाक्ष गरेकी छन् । एमसीसी पास गर्ने बेलामा थापाले संसदमा बोलेको कुरा स्मरण गर्दै चौधरीले भनिन्, ‘अमेरिकी सेना आयो भने चारपाटा मुडेर थानकोट कटाउँनु भनेको होइन ? खोइत चारपाटा मुडेको ?’
एमसीसी पछि एसपीपी आएको भन्दै चौधरीले अब अमेरिकी सेना आउन बेर नलाग्ने बताइन् । अहिले पनि प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका नेताहरु एसपीपी सम्झौता गरेरै छोड्ने दाउमा रहेको भन्दै उनले नेपाल गम्भीर ढंगले भूराजनीतिक भूमरीमा पर्न लागेको बताइन् ।
‘अमेरिकी सेना आउँदै छ । गगन थापा कता गएका छन् ?’ भन्दै चौधरीले चारपाटा मुडिदिने मान्छे नपाएर बसको हो भने आउँनुस् मै मुडिदिन्छु भन्दै कटाक्ष गरिन् । अहिले गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र लगायतका पार्टीका नेताका लागी आफ्नो देश भन्दा कुर्सी प्यारो देखिएको भन्दै उनले देउवा र प्रचण्डहरुको अनुहारमा लेण्डुप दोर्जेको अनुहार आफूले देखिरहेको बताइन् ।
देशको हालत सम्झेर आफूलाई निन्द्रा नै पर्न छोडेको भन्दै चौधरीले यस्तो अवस्थामा पनि ठूला नेता भनाउँदाहरु देशको चिन्ता नगरेर कुर्सीकै चिन्ता गरिरहेको आरोप लगाइन् । प्रधानमन्त्री पाए देशनै बेच्न पनि तयार नेताहरु भएपछि यो देश कसरी बन्छ (?) भन्दै उनले प्रश्न गरिन् ।

arthasanjal.com/wp-content/uploads/2022/07/ganga-gagan-1024×517.png 1024w, 






