
प्युठानको स्वर्गद्वारी नगरपालिका ४ मा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिप दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया गुडिया ठाकुर रहेकी छन् । त्यस्तै दुर्घटनामा घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भिङ्ग्रीका अनुसार जिपमा १७ यात्रु सवार थिए । घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारपछि एडवन सिटी अस्पताल बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/07/jep-768×478.jpg 768w, 






