वाह ! अलैंची अभियान सुरु 

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/alaichi-1-1024×683.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/alaichi-1-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/alaichi-1-1536×1024.jpg 1536w” sizes=”(max-width: 450px) 100vw, 450px” />
काठमाडौं  । नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोगमा वाह ! अलैंची अभियान शुभारम्भ गरेको छ ।

होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा  सुरु  यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको छ । यो अभियानले नेपाली अलैंचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रुपमा बढाउने मात्र नभई आर्थिक गतिविधिहरु समेत बढाउनेछ।

बेलायतको रियालिटी कुकरी टिभीशृंखला बिबीसी मास्टर सेफका विजेता सन्तोष शाह, वाह ! अलैंची अभियानको ब्रान्ड एम्बेसेडर बनेका छन् । उनले नेपाली अलैंचीलाई घरेलु बजारमा प्रवर्धन गर्न विशेष परिकार रेसिपीहररू पनि तयार गर्नेछन् । साथै, यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थीहरू र शेफहरूलाई आफ्नो पाककलामा अभिवृद्धि गर्न र नेपाली अलैंचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्नेछ ।

कमेन्ट गर्नुहोस्