विद्यालय शिक्षा विधेयक पास गर्न सरकारले माग्यो थप समय

Share:

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गर्न थप समय माग गरेका छन् ।

शिक्षा समिति बैठकमा बोल्दै शिक्षामन्त्री पन्तले केही विषयमा कुरा नमिलेको भन्‍दै थप समय माग गरेका हुन् । शिक्षामन्त्रीले भने, ‘हामी क्षमाप्रार्थी छौं। आज पास गर्ने भनेको हो । तर, सकेनौं । केही समय चाहियो।’

यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो । फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेकाले मन्त्रीले समय मागेका हुन् ।

 

कमेन्ट गर्नुहोस्