१ प्रतिशत सेयर भएको व्यक्तिले बैंकिङ प्रणालीबाटै कर्जा लिन नपाउने प्रस्ताव व्यवहारिक छैन : सांसद केसी

Share:

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजन केसीले बाफियामा बैंक तथा वित्तीय संस्थाको १ प्रतिशत सेयर भएको व्यक्तिले समग्र बैंकिङ प्रणालीबाटै कर्जा लिन नपाउने प्रस्ताव व्यवहारिक नभएको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)मा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले लगानीको सीमा २ प्रतिशत बनाउनुपर्ने बताए । उनकाअनुसार बाफियाले अर्थतन्त्रलाई चलायमान गर्ने गरी नियमनलाई प्राथमिकता दिनुपर्छ ।

सांसद केसीले भने– ‘आफू डाइरेक्टर भएको बैंकबाट ऋण लिन नपाउने अहिले व्यवस्था नै छ । तर कुनैपनि बैंकबाट ऋण लिन नपाउने व्यवस्था राखिनु हुँदैन । धेरै कडाइ गरिँदा झन् समस्या आउन सक्छ । अर्थतन्त्र चलायमान छैन । निजी क्षेत्र प्रभावित हुने व्यवस्थाहरु राखिनु हुँदैन ।’

 

कमेन्ट गर्नुहोस्