काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक २.४० अंकले बढेर २७०६ को विन्दुमा कायम भएको छ ।
आज ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब ५० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४९ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको ३७ करोड ८१ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । हिमालयन रिइनस्योरेन्सको ३४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ७ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोका लगानीकर्ताले ५ दशमलव ७० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ८७ प्रतिशतका दरले गुमाएका हुन् ।







