भैंसेपाटीको मन्त्री क्वार्टरको टहरामा आगलागी

Share:

काठमाडौं । आज ललितपुरको भैंसेपाटीमा रहेको मन्त्री क्वार्टर परिसरभित्र रहेको एक टहरामा आगलागी भएको छ । ललितपुर प्रहरीको जानकारी अनुसार बिहान ११ बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो र आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको छ ।

प्रमुख एसएसपी सिद्धिविक्रम शाहले  करेन्ट सर्ट भएर आगलागी भएको जानकारी दिए । आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको शाहले बताए ।

कमेन्ट गर्नुहोस्