खुल्यो प्रभु र महालक्ष्मी इन्स्योरेन्सको सेयर कारोबार पाँच महिनापछि

Share:

काठमाडाैं । करिब पाँच महिनापछि मर्जरमा गएका प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर कारोबार खुलेको छ। मंगलबारदेखि प्रभु महालक्ष्मी इन्स्योरेन्सको नामबाट कारोबार खुलेको हो।

आज मंगलबार प्रतिकित्ता ५९८ रुपैयाँबाट कारोबार खुलेको हो। नेप्सेले कम्पनीको सेयर कारोबारको लागि पिएमएलआई सिम्बोल प्रदान गरेको छ।

झण्डै ५ प्रतिशतले कारोबार खुलेको पहिलो दिन नै कम्पनीको शेयर मूल्य घटिसकेको छ।

कमेन्ट गर्नुहोस्