फेरि बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुदैछ?

Share:

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अगिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । यस्तैगरी, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्