
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कार्तिक २२ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
जसअनुसार ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश छन् ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउने भएका छन् ।
कमेन्ट गर्नुहोस्







