कम्पनीमा परिणत भयो राष्ट्रिय बीमा संस्थान, रिमाललाई कामु सीईओमा नियुक्त गरियो

Share:

काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा परिणत गरिएको छ । गत सोमबारदेखि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएसँगै  कम्पनीमा रुपान्तरण भएको हो । अबदेखि कम्पनीको नाम राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा परिणत भएको छ । बीमा ऐन २०७९ को प्रावधान अनुसार राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने बाटो खुलेको हो ।

संस्थान कम्पनीमा परिणत भएसँगै सञ्चालक समितिको आज बसेको पहिलो बैठकले कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा महेश रिमाललाई नियुक्त गरेको छ । कम्पनीको पहिलो बैठकले यसअघि नायब महाप्रबन्धक रहेका रिमाललाई  कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थानलाई हालकै ५० करोड अधिकृत पूँजी र १८ करोड १० लाख २० हजार रुपैयाँ कायम राखी कम्पनीमा परिणत गर्न स्वीकृती दिने निर्णय  मन्त्रीपरिषदको कात्तिक १६ गतेको बैठकले गरेको थियो ।

कमेन्ट गर्नुहोस्