सपोर्ट लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस कति ?

Share:

काठमाडौं ।  गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीका लागि सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश  दिने घोषणा गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये १३ प्रतिशत सेयर बोनस र ०.६८४२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश छुट्याइएको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी नवौँ वार्षिक साधारणसभाबाट प्रस्तावित लाभांश अनुमोदन गरी वितरण गर्ने संस्थाले जनाएको छ।

कमेन्ट गर्नुहोस्