
काठमाडौँ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सक्रियतामा भक्तपुरकै प्रसिद्ध तलेजु मन्दिरका पुजारी तथा सरोकारवाला संस्क्रितिबिद तथा ज्योतिषहरुको बैठकले तिहार (स्वन्ति) पर्व मनाउने सम्बन्धमा छलफल गर्दै निर्णयहरु सार्वजनिक गरेको छ।
नगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार कार्तिक २६ गते अपरान्ह २ बजेर १४ मिनेटपछि औशी तिथि लाग्ने भएकोले कार्तिक २६ गते साँझ लक्ष्मी पुजा गर्ने निर्णय भएको बताइएको छ । त्यस्तै कार्तिक २७ गते दिनको २ बजेर ४१ मिनेट बाट परेवा तिथि लाग्ने भएकोले ‘म्ह पुजा’ कार्तिक २७ गते साँझ गर्ने तथा कार्तिक २८ गते अपरान्ह २ बजेर २८ मिनेट पश्चात द्वितीया तिथि लाग्ने भएकोले सोहि दिन किजा पुजा गर्ने निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्








