भूकम्प प्रभावित क्षेत्रमा जाने राहत निःशुल्क ढुवानी गर्दै बुद्ध एयर

Share:

काठमाडौं । जाजरकोट–रुकुम क्षेत्रमा भूकम्प प्रभावित स्थानमा लगिने राहत सामग्री बुध्द एयरले निःशुल्क ढुवानी गर्न थालेको छ। बुद्ध एयरले सरकारको राहत कोषमा जम्मा भएको १ टन भन्दा राहत सामग्री प्रभावित क्षेत्रमा ढुवानी गरेको जनाएको छ ।

मंगलबार बिहान बुद्ध एयरद्वारा भूकम्प प्रभावित क्षेत्र जाजरकोट तथा रुकुम पश्चिम जिल्लाका पीडितका लागि सो क्षेत्र लान लागिएको ६५२ केजी खाद्यान्न, लत्ताकपडा सहितका राहत सामग्रीलाई काठमाडौंबाट सरकारले तोकेको नेपालगञ्ज डिपोमा निःशुल्क ढुवानी गरेको बुद्ध एयरले जानकारी दिएको छ ।

यस्तै, एअरको जानकारी अनुशार सरकारले तोकेको मुख्य डिपो सुर्खेतबाट ८९६ केजी राहत सामग्री प्रभावित क्षेत्रमा निःशुल्क ढुवानी गरी सरकारलाई सहयोग गरेको  छ ।

कमेन्ट गर्नुहोस्