सार्वजनिक भयो नेपाल एसविआई मर्चेन्ट बैकिङ्गकाे चाडपर्व अफर

Share:

काठमाडौं ।  चाडपर्वको अवसरमा डिम्याट तथा मेरो सेयर खाता खोल्न निश्चित अवधिका लागि विभिन्न प्रकारका छुटसहितका योजनाहरु नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले सार्वजनिक गरेको छ ।

यस्ता खाताहरुको सहज पहुँच र सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजीबजारमा सहभागिताका साथै धितोपत्र निस्कासनमा कम्पनीको पूँजी सुनिश्चितता लागि सहयोग हुने  उक्त कम्पनीले बताएको छ ।

जुन अनुसार डिम्याट खाता नि: शुल्क खोलिने छ भने एक वर्षसम्मको डिम्याट तथा मेरो सेयरको नविकरण गर्दा ५० प्रतिशत छुट पाइने छ । त्यस्तै, नि: शुल्क डिम्याट खाताका साथै ५ वर्षसम्म डिम्याट तथा मेरो सेयरको नविकरणमा ३७.६३ प्रतिशत छुट दिने बताएको छ । परिवार योजना अन्तरगत ३ जनाको डिम्याट तथा मेरो सेयर खोल्दा र नविकरणमा, १ जनाको नि : शुल्क हुने छ भने ३३.३३ प्रतिशत छुट दिइने छ ।

कमेन्ट गर्नुहोस्