निफ्राद्वारा लाभांश घोषणा

Share:

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० का लागि  नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ । कार्तिक २० गते सोमबार बसेको कम्पनीको संचालक समितिको बैठक अनुशार उक्त आर्थिक वर्षको संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२१०५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५ले हुने ९० करोड ९४ लाख ६८ हजार रुपैंया नगद लाभांस (लाभांस कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव बैंकले गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाद्वारा पारित भएपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।

कमेन्ट गर्नुहोस्