
गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट पीडित परिवारको उद्धार तथा राहतका लागि गोदावरी नगरपालिकाले नगद २५ लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । सो रकम नगरपालिकाले जिल्ला दैविक प्रकोप समितिलाई हस्तान्तरण गरिने प्रवक्ता मिलन सिलवालले जानकारी दिए ।भूकम्प पीडितलाई तत्काल अत्यावश्यक सहयोग चाहिएको महशुस गर्दै यस्तो निर्णय गरिएको नगर प्रमुख गजेन्द्र महर्जनले बताए । यो दुः खको समयमा सबै तहका सरकार, नागरिक र संस्थाहरुले आ – आफ्नो ठाउँबाट सक्दो सहयोग गरी पीडितलाई त्रासबाट मुक्त गराउनु पर्ने नगरप्रमुख महर्जनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्







