
काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधिको छिनोफानो सुपर ओभरबाट हुने भएको छ । संलग्न टोलीले बनाएको रन बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो ।
टस जिती पहिले ब्याटिङ रोजेको नेपालले ६ विकेटको पतनमा एक सय ८४ रन बनाएको थियो भने जवाफी ब्याटिङ गरेको ओमानले पनि निर्धारित ओभरमा नौ विकेटको पतनमा एक सय ८४ रन बनाउन सक्यो। प्रतिस्पर्धीहरुको समान योगफल भएकोले बिजेता सुपर ओभर मार्फत निर्धारित हुने भएको बताइएको छ ।
कमेन्ट गर्नुहोस्







