भूकम्प प्रभावितलाई १ लाखसहित ३ सय थान ज्याकेट थ्रेड गार्मेन्टद्वारा सहयोग गर्ने

Share:

काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका १ लाख रुपैयाँ रकमसहित ३ सय थान ज्याकेट सहयोग  युवा उद्यमी तथा थ्रेड गार्मेन्टका प्रवन्ध निर्देशक कृष्णराज तिमिल्सिनाले गर्ने भएका छन् । नेपाल सरकारको एकद्वार प्रणालि DDMSअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिलाई सहयोग गर्ने घोषणा उनले गरेका हुन् ।

सरकारको दैवी प्रकोप उद्धार कोषमा उनले नगद १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

आइतबार जाजरकोट पठाउने तयारीमा करिब ५ लाख रुपैयाँ बराबरको ३ सय ज्याकेट रहेको तिमिल्सिनाले जानकारी दिए । उनले विभिन्न अस्पतालहरुलाई  कोभिड १९ को बेला पनि निःशूल्क रुपमा पिपिई बनाएर वितरण गरेका थिए ।
कमेन्ट गर्नुहोस्