
प्यालेस्टिनी हमास समूह र इजरायल बीच युद्ध शुरु भएको पाँच दिन भएको छ। पश्चिमा संचार माध्यमहरुका अनुसार दुवै तर्फ गरि करिब तिन हजार नागरिकहरुको ज्यान गएको छ । करिब एक हजार दुइ सय इजरायाली जनताहरुको मृत्यु भएको इजरायाली सेनाले जनाएको छ।
हमास बिरुद्ध को कारवाहीको लागि इजरायलले करिब तिन लाख सैनिक गाजा क्षेत्रमा तैनाथ गरि जवाफी हमला गरिरहेकोमा एक ९५ बर्षीय बृद्ध पनि हातमा हतियार लिएर युद्ध मैदानमा छन् । अमेरिकी समाचार संस्था न्युयोर्क पोस्टले जनाए अनुसार ती ९५ बर्षीय बृद्ध पुर्व सैनिक रहेका र स्वतफुर्त देश जोगाउन युद्धमा होमिएका हुन् । हाल सम्म हातमा हतियार लिएर युद्ध मैदानमा रहेका सबै भन्दा बृद्ध यी नै हुन सक्ने अनुमान छ।
एज्रा याचिन नाम गरेका यी बृद्ध पूर्वमा अरबीहरुबाट इजरायेली प्रति गरिएको क्रुरताको कथा सुनाउदै इजरायली सैनिकहरुमा जोश भर्ने कार्य गर्छन । मिडियाहरुले यी वृद्धको आफ्नो पुरानो सैनिक बर्दी र हातमा हतियार सहितको तस्बिर सार्वजनिक गरेका छन् जुन तस्बिरमा “छोड्ने हैन, ऐले त कदापी होइन” लेखिएको छ।







