
काठमाडौं । भेप भनिने विद्युतीय चुरोटमा नौ किलो सुन तस्करी काण्डका आरोपितहरुविरुद्ध बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ।
सुन तस्करीको आरोपीहरुमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल समेत रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले महरा संगै तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ, लोकेन्द्र पौडेल र निमा गुरुङलाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो। आरोपित निमा भने हाल सम्म फरार रहेका छन्।
संचार माध्यमहरुमा सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराको पनि संलग्नता रहेको समाचारहरु प्रकाशित भएपनि प्रहरीले भने महरालाई प्रतिवादी बनाएको छैन।
मङ्गलवार सीआइबीको प्रतिवेदन बुझेको सरकारी वकिलको कार्यालयले बुधवारनै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ।
कमेन्ट गर्नुहोस्







